४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । दुईतिन दिन यता लगातार बढेको शेयरबजार सोमबार झिनो अंकले घट्न पुगेको छ । प्रिओपनिङ सेसनमा शेयरबजार बढेपनि कारोबार बन्द हुँदा सम्म ९.७५ अंकले घट्न पुगेको हो ।
नेप्सेमा सूचीकृत २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता शेयर किनबेच हुुँदा ४ अर्ब ३४ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
लामो समयपश्चात शेयरबजारमा ४ अर्बमाथिको कारोबार हुन पुगेको छ । केही दिनयता शेयरबजार बढ्दा लगानीकर्ताहरुमा थप उत्साह थपिएर कारोबार बढ्न पुगेको हो ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ५८ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको १६ करोड ९० लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख, अरुण काबेली पावरको ११ करोड ७८ लाख र अपर तामाकोशीको ११ करोड ६७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














