झिनो अंकले घट्यो नेप्से, लगानीकर्तामा उत्साह थपिएसँगै ४ अर्बमाथिको कारोबार

२० असार २०७९, सोमबार १५:१९

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको छ । केही दिनयता हरियाली छाएको शेयरबजार आज ९.७५ अंकले घटेर २०७६ को विन्दुमा कायम भएको छ ।

आज प्रि ओपनिङ सेसनमा सामान्य अंकले शेयरबजार बढेर अन्तरालमा उच्च अंकले बढेपनि कारोबार बन्द हुँदासम्म झिनो अंकले घट्न पुगेको हो ।

साथै आज शेयरबजारमा कारोबार समेत ह्वात्तै बढ्न पुगेको छ । दुईतिन दिनयता शेयरबजार बढ्न पुग्दा लगानीकर्ताहरुमा उत्साह थपिएर कारोबार बढ्न पुगेको हो ।

सोमबार नेप्सेमा सूचीकृत २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता शेयर किनबेच हुुँदा ४ अर्ब ३४ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*