लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा विस्तार
२० असार २०७९, सोमबार १५:३९

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार बैंकले आफ्नो थप नयाँ शाखा संचालनमा ल्याएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो । यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।













