सुपर मादी हाइड्रोपावरले साढे ३१ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
२० असार २०७९, सोमबार १६:३३

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।
हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न सेबोनमा असार १५ गते अनुमति निवेदन पेश गरेको हो । बोर्डबाट स्वीकृति पाएपश्चात् कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी सो रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ ।
कम्पनीले यसअघि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।













