नेपाल राष्ट्र बैंकद्धारा चार लुघवित्त संस्थालाई कारबाही

२० असार २०७९, सोमबार १७:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्तसहित ४ वटा लुघवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । सो मध्ये ३ लघुवित्तले अनिवार्य मौज्दात कायम नगरेको र एउटा लुघवित्तले पुँजीकोष कायम गर्न नसकेको कारण केन्द्रीय बैंकले चार लघुवित्तलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।

राष्ट्र बैंकद्धारा लघुवित्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ को निर्देशन नं. १२ को बुदा नं.११ बमोजिम लघुवित्त संस्थाहरुले कुल निक्षेप दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा गत आर्थिक वर्ष २०७७।०७८ मा तोकिएको अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले ३ लघुवित्तलाई केन्द्रीय बैंकले कारबाही गरेको हो ।

अनिवार्य मौज्दात अनुपात कायम नगर्ने लुघवित्त संस्थाहरुमा ग्रामिण विकास लघुवित्त, सारथी नेपाल लुघवित्त र आरम्भ चौतारी लुघवित्त वित्तीय संस्था रहेका छन् ।

त्यस्तै, बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरीएको एकीकृत निर्देशन, २०७७ को निर्देशन नं. १ को बुँदा नं. १ मा लघुवित्त वित्तीय संस्थाले कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ४% प्राथमिक पुँजी र ८% पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेकोमा गत आर्थिक वर्ष २०७७/७८ मा तोकिएको पुँजीकोष कायम गर्न नसकेका कारण समाज लघुवित्त वित्तीय संस्थालाई काराबाही गरेको हो ।

समाज लुघवित्तले सो निर्देशन बमोजिम २०७६ साल पुषदेखि २०७७ असार सम्म तोकिएको पुँजीकोष कायम गर्न नसकेका कारण केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*