बैंकहरुमा १५ अर्ब निक्षेप थपियो, ऋण जारी ठप्प

काठमाडौं । आइतबार १५ अर्ब निक्षेप थपिएको थियो। सोमबार मात्रै थप ९ अर्ब निक्षेप थपिएको हो। असार मसान्त नजिकिँदै जाँदा वित्तीयसंस्थाहरुमा निक्षेप आउनेक्रम बढेको हो। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरुमा दुई दिनमा २५ अर्ब निक्षेप थपिएको छ।
शुक्रबारसम्म ५० खर्ब ५ अर्ब निक्षेप रहेकोमा आइतबार र सोमबार थपिएर निक्षप ५० खर्ब २९ अर्ब रुपैयाँ पुगेको हो। तथ्यांकअनुसार वाणिज्य बैंकहरुमा ४४ खर्ब १८ अर्ब निक्षेप रहेकोमा आइतबार र सोमबार निक्षेप थपिएर ४४ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। यता ऋण जारी ठप्प हुँदा उठ्ने क्रम बढेको छ।
शुक्रबारसम्म ४७ खर्ब ११ अर्ब ऋण जारी भएकोमा घटेर ४७ खर्ब ६ अर्बमा झरेको छ। निक्षेप र ऋणको अनुपात सीडी रेसियो भने राष्ट्र बैंकले तोकेको ९० प्रतिशत तल झरेको छ।













