नेप्सेमा थप २१ लाख ८९ हजार कित्ता बोनस शेयर सूचीकृत

२१ असार २०७९, मंगलवार १४:४३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको ३५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका २१ लाख ८९ हजार ३१७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*