अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म अर्थ मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा, लिए छुट्टि

२२ असार २०७९, बुधबार ११:५७

काठमार्डौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । अर्थमन्त्री जनार्दन शर्माको गलत कार्य रोक्न नसकेको आरोप खेपिरहेका अर्थसचिव मरासिनी बुधबारबाट बिदामा बसेका हुन् ।

उनले अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म अर्थ मन्त्रालय नफर्किने मुख्य सचिव शंकरदाश बैरागी र प्रधामन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेका छन् ।

अर्थमन्त्रीको जति आलोचना भएको छ, त्यति नै आलोचना अर्थसचिव मरासिनीको पनि भएपछि उनी बिदामा बसेका हुन् ।

अर्थमन्त्री शर्माको दबाबमा सीसीटीभी फुटेज हटाउन रोक्न कुनै प्रयास नगरेको, अनाधिकृत व्यक्तिलाई बजेट निर्माणमा घुसाउँदासमेत कुनै आवाज नउठाएको भन्दै सचिवको चौतर्फी आलोचना भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*