आँधिखोला लघु्वित्तको शेयर कारोबार रोक्का

२३ असार २०७९, बिहीबार १०:३९

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तबीच मर्जरमा जानका लागि बुधबार सम्झौता भएसँगै नेप्सेले सो लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको हो ।

गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ८ स्थित केन्द्रीय कार्यालय रहेको सिवाइसी नेपाल लघुवित्त र स्याङ्गजा जिल्ला भिरकोट नगरपालिका वडा नं. १ स्थित केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्तबीच १००ः७० स्वाप रेसियोमा मर्जरमा जाने समझदारी भएको हो ।

तर यो नै अन्तिम स्वाप रेसियो भने होइन । डिडिएपश्चात मात्रै स्वाप रेसियो तय हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*