प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

२३ असार २०७९, बिहीबार ११:१४

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । जेठ ३१ गतेदेखि असार १४ गतेसम्म बैंकले निष्काशन गरेको ऋणपत्र असार २२ गते बाँडफाँड भएको हो ।

बैकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

बैंकले ५ वर्ष अवधिको “५ वर्ष, १०.१५% प्राइम डिबेञ्चर, २०८४“ को नाममा ऋणपत्र निष्कासन गरेको हो । उक्त ऋणपत्रमा रितपूर्वक आवेदन दिने आवेदकलाई हिजो बाँडफाँड गरिएको हो ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*