नबिल बैंक र नेपाल बंगलादेश बैंकको कारोबार असार २७ गतेसम्म बन्द हुने, यस्तो छ कारण

२३ असार २०७९, बिहीबार १३:०४

काठमाडौं । मर्जरको क्रममा  नबिल बैंक लिमिटेड र नेपाल बङ्लादेश बैंक लिमिटेडका सफ्ट्वेयर समायोजनका लागि दुबै बैंकको बैंकिङ सेवा र तथा कारोबार बन्द हुने भएको छ ।

दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि आगामी असार २४ गते शुक्रबार कार्यालय समय पछिदेखि असार २७ गते सोमबार विहान कार्यालय समय अगाडि सम्म नविल बैंक लि. का सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द हुनेछन् ।

असार २५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर तथा अन्य बैंकिङ्ग सेवा बन्द रहनेछन् भने उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहनेछन् ।

नेपाल बङ्गलादेश बैंक लि. मा भने असार २३ गते विहिबार कार्यालय समय पश्चातदेखि असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म उक्त बैकका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द रहने छ । उक्त समयमा नेपाल बङ्गलादेश बैंकका क्रेडिट कार्ड भने सञ्चालनमा रहने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*