धितोपत्र व्यवसायी नियमावली, २०६४ संशोधन गर्ने बोर्डको निर्णयप्रति लगानीकर्ताद्वारा स्वागत
२३ असार २०७९, बिहीबार १३:३३

काठमाडौं । धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गर्ने धितोपत्र बोर्डको निर्णयलाई लगानीकर्ता संघसंस्थाहरुले स्वागत गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त बोर्डको निर्णयको स्वागत गरेका हुन् ।
लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स, प्राकृतिक व्यक्ति वा संस्थालाई फ्रि इन्ट्री र फ्रि एक्जिटको माध्यमबाट ब्रोकर लाइसेन्स दिनुपर्ने मागलाई सम्बोधन गर्नेगरी नियमावली संशोधन गर्ने निर्णय स्वागतयोग्य भएको बताएका छन् ।
बोर्डले नियमावली संशोधन गरी हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरेको छ ।













