कामना सेवा विकास बैंकले ल्यायो केएस डिजी वर्ल्ड, धेरैजसो काम अनलाइनबाटै

२३ असार २०७९, बिहीबार १४:१९

काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन पोर्टल केएस डिजी वर्ल्ड सार्वजनिक गरेको छ ।ग्राहकलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले बैंकले सेवा संचालनमा ल्याएको जनाएको छ ।

उक्त सेवा लागू भएसँगै बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।केएस डिजी वर्ल्डमा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोसेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् ।

साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*