अनिश्चितकालिन छुट्टिमा रहेका अर्थसचिव मरासिननी अर्थमन्त्रालय फर्किए, भोलिदेखि हाजिर गर्दै
२३ असार २०७९, बिहीबार १४:५९

काठमाडौं । अनिशिचत कालिन छुट्टीमा रहेका अर्थसचिव मधुकुमार अर्थसचिव मरासिननी अर्थ मन्त्रालय फर्किने भएका छन् ।उनले भोलिदेखि नियमित काममा लाग्ने बीमापोष्टलाई बताएका छन् ।
जनार्दन शर्माले राजिनामा दिएसँगै अर्थसचिव मधुकुमार मरासिनी भोलिदेखि नियमित काममा फर्किने भएका हुन् ।मंगलबार प्रधानमन्त्री र मुख्यसचिवलाई अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मन्त्रालयको काममा नफर्किने भन्दै अनिश्चितकालका लागि विदामा बसेका थिए ।
उनले अर्थमन्त्रीले राजिनामा नदिए अन्य विभागमा सरुवा गर्न समेत आग्रह गरेका थिए । भोलिदेखि नियमित काममा फर्किने उनले बताएका छन्।













