सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

२४ असार २०७९, शुक्रबार १०:२७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।

बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाइने १० वर्ष अवधिको ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको थियो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ भने बाँकी ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम मात्रामा सुरक्षा तथा प्रतिकुल प्रभाव सहित सुक्ष्म निगरानी जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*