मानुषी लघुवित्तको सिइओमा शोभा बज्रचार्य पुनः नियुक्त
२४ असार २०७९, शुक्रबार १०:३६

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा शोभा बज्रचार्य पुनः नियुक्त भएकी छिन् ।
कम्पनीको असार २३ गते बसेको संचालक समितिको बैठकले सो पदमा बज्रचार्यलाई यहि साउन १ गतेदेखि लागूहुनेगरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको हो ।













