हिमालयन र सिभिल बैंकबीच आज हुने भनिएको मर्जर सम्झौता एकाएक स्थगित, यस्तो छ कारण

२४ असार २०७९, शुक्रबार ११:१८

काठमाडौं । आज हुने मर्जर सम्झौता हिमालयन बैंक र सिभिल बैंकबीच रोकिएको छ। हिमालयन र सिभिल बैंक गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम चरणमा भएपनि केही विषयमा कुरा नमिल्दा आज हुने भनिएको सम्झौता रोकिएको हो।

नेपाल राष्ट्र बैंकले असार मसान्तपछि मर्जर तथा एक्विजिसनमा पाइने सुविधा कटौति हुने बताएपछि मर्जरका लागि हतारिएका दुवै बैंकबीच बिहीबार अन्तिम आवरमा कुरा नमिलेपछि आज हुने भनिएको सम्झौता रोकिएको हो ।

स्रोतका अनुसार आज कुरा मिलेमा भोलि सम्झौता हुन सक्छ । ‘सिभिल बैंकले हिमालयनलाई १००ः ८१ प्रतिशतको स्वाप रेसियो र कर्मचारीको हैसियत बराबर गरेर सबै हिमालयनले भनेकै हुने प्रस्ताव गरेको थियो तर, हिमालयनले अन्तिम आवरमा १००ः८१ को स्वाप रेसियो र कर्मचारीको समायोजनको कुरा यकिन नगरेपछि आजको लागि सम्झौता रोकिएको हो, आज कुरा मिल्यो भने शनिबार पनि हुन सक्छ,’ एक संचालकले बताए ।

अहिलेसम्म यस्तै, बैंकको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयनका अशोक राणा बन्ने सहमति भएको छ । सिभिलका सुनिल पोखरेल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत बन्ने प्रारम्भिक सहमति पनि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*