एनबि बैंकलाई प्राप्तिपश्चात २० शाखा कार्यालय घटाउने नबिल बैंकको घोषणा

२४ असार २०७९, शुक्रबार ११:४७

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले यहि असार २७ गतेदेखि एकीकृत कारोबार सुरु भएका छन् । एकीकृत कारोबार भएको दिनबाट नबिल बैंक र नेपाल बंगलादेश बैंकको केही शाखा कार्यालयहरु बन्द तथा स्थानान्तरण हुने भएको छ ।

बैंकका अनुसार १७ स्थानमा रहेका बंगलादेश बैंकका शाखा कार्यालयहरु बन्द भई नजिकको नबिल बैंककको शाखा कार्यालयमा समायोजन हुनेछन् । साथै ३ स्थानमा रहेका नबिल बैंकको शाखा कार्यालयहरु बन्द भई नजिकको नेपाल बंगलादेश बैंकको शाखा कार्यालयमा समयोजन हुने बैंकले जनाएको छ ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । नबिल बैंक र एनबि बैंकबीच १००ः४२ रेसियोमा मर्जरमा जाने सहमति भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*