एनएमबि बैंकद्धारा आर्थिक सहयोग

२४ असार २०७९, शुक्रबार १२:३५

काठमाडौं। एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन संरचना सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए ।

एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रवन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरु निर्मल गौली लगायत उपस्थित थिए भने विद्यालयको तर्फबाट विद्यालय ब्यवस्थापन समिती शिक्षक तथा बिद्यार्थी र पत्रकारहरु लगायत सदस्यहरु उपस्थित थिए । उक्त कार्यक्रममा क्षेत्रीय प्रवन्धक प्याकुरेलले यस सहकार्यले विद्यार्थी भाईबहिनीहरुमा पठन पाठनमा सहज हुने विश्वास ब्यक्त

बैंकले वित्तीय कारोवार मात्र गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए । ‘सामाजिक कार्यमा एनएमबि बैंकको सहकार्यले गरेको हो

शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौं ।’ प्रधानाध्यापक खड्काले भने, ’वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन् । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ । ’

विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*