शेयरबजारको ओरालो यात्रा: नेप्से ३४ अंकले घटेर १९९२ को विन्दुमा, सबै सूचक राताम्य

२४ असार २०७९, शुक्रबार १३:१८

काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आर्थिक संकटकाबीच शेयर बजार पछिल्लो समय घट्दो क्रममा छ ।

यस साताको अघिल्ला दिनमा शेयरबजारमा केही सुधार देखिएपनि लगत्तै पुँजीबजारमो अवस्था ओरालोतर्फ लागेको हो । बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता संकट र देशको चरम आर्थिक संकटको प्रभाव शेयरबजारमा देखिन थालेको छ ।

आज नेप्से परिसूचक ३४ अंकले घटेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजाजर ४७६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका सबै सूचक राताम्य छन् । आज सर्वाधिक जीव्न बीमा सूचकको १९३ रुपैयाँ ७ पैसाले घट्न पुगेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन सूचक १२२.४ रुपैयाँले घट्न पुगेको छ ।

प्रतिशतका आधारमा सबैभन्दा बढी होटल तथा पर्यटन समूहको ३.१८ प्रतिशत र व्यापार समूहको ३.१३ प्रतिशतले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*