ओरालो लागेको शेयरबजारमा आज सर्वाधिक हाइड्रोपावरको शेयरमूल्य घट्यो

२४ असार २०७९, शुक्रबार १३:३१

काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आर्थिक संकटकाबीच शेयर बजार पछिल्लो समय घट्दो क्रममा छ ।
आज नेप्से परिसूचक ३४ अंकले घटेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजाजर ४७६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको कारोबार भएको छ ।

शुक्रबार ३४ अंकले शेयरबजार घट्दा विभिन्न कम्पनीहरुको शेयरमूल्य उच्च घट्न पुगेको छ । आज सर्वाधिक घट्ने कम्पनीमा हिमालयन उर्जा रहेको छ । कम्पनीको शेयर ५.४४ प्रतिशतले घटेको छ ।

त्यस्तै, बलेफी हाइड्रोपावरको ४.९० प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ४.७९ प्रतिशत, वेष्ट फाइनान्सको ४.७४ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको ४.६६ प्रतिशत अंकले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*