एस क्यापिटल र एनआईबीएल उपाय बिजनेस सोलुसनबीच सम्झौता

२४ असार २०७९, शुक्रबार १७:४७

काठमाडौं । एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच समन्वय गर्ने सम्झौता भएको छ । दुई संस्थाबीच दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुने गरी सहकार्य गर्ने सम्झौता भएको हो ।

उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसन प्राइभेटको तर्फबाट महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायि जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धि सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा उपलब्ध गराइने भएको छ ।

भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा संचालन गरिने समेत जानकारी बताइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*