लुम्बिनी विकास बैंकले वृक्षारोपण गरी मनायो वार्षिकोत्सव

२३ असार २०७९, बिहीबार ०४:२७

काठमाडौं । लुम्बिनी विकास बैंक वित्तीय सचेतना सम्बन्धी नाराका साथ प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम समपन्न गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौर, राम मन्दिरमा पुगेर समापन गरी कोलचौरमा कपुर, कल्की, चॉप लगायत विभिन्न जात जातीका गरी १०० वटा बिरुवाहरुको वृक्षारोपण गरेको थियो ।

सो कार्यक्रममा बैंकका सञ्चालक केशब खतिवडा, अन्जु कुमारी गुप्ता लगायत बैंकका ब्यवस्थापन समिति र कर्मचारीहरु समेत सहभागी थिए । यस विकास बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*