ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ मा आवेदन दिने समय थप

२६ असार २०७९, आईतवार १०:२५

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बिक्री गरेको नयाँ म्युचुअल फन्डमा आवेदन दिने म्याद थप भएको छ । अब यसमा साउन ४ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ (म्युचुअल फन्ड युनिट) बिक्री खुला गरेको हो । क्यापिटलले असार २२ गतेदेखि फन्डको बिक्री खुला गरेको हो ।

यस फन्डले १२ करोड इकाई निष्कासन खुला छ । जसअनुसार यसले प्रतिइकाई १० रुपैयाँमा १ अर्ब २० करोड रुपैयाँ बराबरको फन्ड जारी गरेको हो । कुल इकाईमध्ये १५% मध्ये १.५०% वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५०% अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ मा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइमएमई क्यापिटलले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*