नबिल बैंक र एनबि बैंकको एकीकृत कारोबार भोलि नहुने, यस्तो छ कारण

२६ असार २०७९, आईतवार १२:०७

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बैंगलादेश (एनबी) बैंक लिमिटेडको एकीकृत कारोबार सोमबारदेखि नहुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

दुवै बैंकको ग्राहक कारोबारको तथ्यांक सफ्टवेयरमार्फत एकीकृत गर्नको लागि डाटा माइग्रेशनको कार्य जारी रहेको हुँदा बैंकले सोमबार पनि बैंकका सम्पूर्ण सेवा तथा कारोबार बन्द रहने जानकारी गराएको हो । सो अनुसार दुवै बैंकको एकीकृत कारोबार भोलि सुरु नहुने भएको हो ।

एनबि बैंकलाई प्राप्तिपश्चात नबिल बैंकको नामबाट एकीकृत कारोबार संचालन गर्न दुवैको सम्पूर्ण तथ्यांकलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि यसअघि नबिल बैंकको असार २४ गते शुक्रबारदेखि असार २७ गते सोमबार कार्यालय समयअघिसम्म र एनबि बैंकको असार २३ देखि असार २७ गते कार्यालय समय अघिसम्म सम्पूर्ण कारोबार बन्द हुने जानकारी गराएकोमा असार २७ गते सोमबार समेत बैंकका सम्पूर्ण सेवा तथा कारोबार बन्द रहने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*