४-१२ काे नीति कर्जा अधिकेन्द्रित हुन नदिनकाे लागि हाे

२७ असार २०७९, सोमबार १०:२५

काठमाडाैं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले चार-बाह्र कराेड रूपैयाँकाे शेयर कर्जाकाे सीमा कुनै सीमित व्यक्तिकाे अधिकर्जा हुन नदिन लागू गरिएकाे बताएका छन् ।

अर्थ समितिमा आज भएकाे छलफलमा नेपाल राष्ट्र बैंका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले यस्ताे बताएका हुन्। श्रेष्ठले ४-१२ काे नीति संविधानमा रहेकाे समाजवाद उन्मुख अर्थतन्त्रकाे लागि याेगदान पुर्याउने उद्देश्यले यस्ताे व्यवस्था गरिएकाे बताए ।

अर्थ समितका सभापति कृष्ण प्रसाद दाहालले ४-१२ ले शेयर लगानीकर्ताहरू अप्ठेराेमा परेकाे भन्ने गुनासाे आएकाेले समाधान गर्न आग्रह गरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जवाफ दिन नमिल्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*