साना किसान लघुवित्तको संचालकमा बाबुकाजी थापा नियुक्त

२७ असार २०७९, सोमबार १०:४१

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा बाबुकाजी थापा नियुक्त भएका छन् ।

यसअघि सस्थापक शेयरधनी समूहतर्फबाट संचालक पदमा कृषि विकास बैंक लगायत वाणिज्य बैंकहरु मध्येबाट प्रतिनिधित्व गर्ने संचालक प्रताप सुवेदीको स्थानमा संस्थापक शेयरधनी कृषि विकास बैंकको असार २३ गतेको पत्रबाट बाबुकाजी थापालाई मनोनयन गरी पठाएकोमा कम्पनीले संचालक पदमा उनलाई चयन गरेको हो ।

कम्पनीको संचालक समितिको असार २६ गते बसेको बैठकले सुवेदीको सट्टामा थापालाई संस्थापक शेयरधी समूह–क तर्फबाट संचालक पदमा आजकै मितिदेखि लागू हुनेगरी नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*