शोधानान्तर स्थिति २ खर्ब ६९ अर्ब घाटामा

२७ असार २०७९, सोमबार १६:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको एघार महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्ग सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज प्रकाशित गरेको उक्त तथ्यांकअनुसार शोधानान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोग रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको थियो । शोधानान्तर स्थितिको घाटा चुलिँदै गएकोले देशको वर्तमान आर्थिक स्थिति संकटमा पर्न गएको देखिएको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको शोधानान्तर स्थिति समिक्षा अवधिसम्ममा २ अर्ब २६ करोडले घाटामा रहेको छ ।

त्यस्तै, समिक्षा अवधिसम्म चालु खाता ५ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ११ करोड रुपैयाँले घाटामा रहेको थियो । साथै पुँजीगत खर्च ट्रान्सफर समेत चालु आवको एघार महिनासम्म घट्न पुगेको छ ।

यस अवधिसम्म पुँजीगत ट्रान्सफर ३२.९ प्रतिशतले कमी आई ९ अर्ब ४९ करोड कायम भएको छ भने खुद पत्यक्ष वैदेशिक लगानी ७.१ प्रतिशतले बृद्धि भई १७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म पुँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*