सनराइज बैंकको चुरे र बिर्तामोडमा निःशुल्क आँखा शिविर सम्पन्न

२८ असार २०७९, मंगलवार १३:३५

काठमाडौं । सनराइज बैंकको चुरे र बिर्तामोडमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । बैंकले कैलाली जिल्लाको चुरे गाउँपालिकामा र बिर्तामोडको अर्जुनधारा नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर संचालन गरेको जनाएको छ ।

उक्त बैंकले अत्तरीया तथा चुरे शाखाको र नेपाल नेत्रज्योतीसंघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निःशुल्क आँखा चेकजाँच शिविर संचालन गरेको हो ।  उक्त आँखा चेकजाँच शिविरमा ४०० भन्दा बढीले आँखा चेकजाँच गराएको र उनीहरुलाई औषधी तथा निःशुल्क चस्मा समेत वितरण गरिएको बैंकले जनाएको छ । शिविरमा मोतिबिन्दु देखिएका ३० जनालाई निस्शुल्क शल्यक्रिया समेत गरिदिने बैंकले जानकारी दिएको छ ।

यस्तै बैंकले बिर्तामोडमा दृष्टि आखाँ अस्पतालको सहकार्यमा निःशुल्क आँखा तथा कान परिक्षण शिविर सम्पन्न गरेको हो । सो शिविरमा २८० जनाको निशुल्क आँखा तथा कान परिक्षण गर्नुका साथै चश्मा र औषधी निःशुल्क प्रदान गरिएको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*