अरुण काबेली पावरमा झुम्मिए लगानीकर्ता, झिनो अंकले बढेको शेयरबजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

२८ असार २०७९, मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा झिनो अंकको सुधार आएको छ । आर्थिक संकटकाबीच प्रभावित बनेको शेयरबजारमा आज ११ अंकको सुधार देखिएको हो ।

नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरु भटाभट मर्जर प्रक्रियामा गएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ ।

यसकारण पनि पछिल्ला केही दिनयता पुँजीबजारमा कारोबार खासै माथि उक्लिन सकेको छैन । आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अरुण काबेली पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ७ करोड ९५ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, गोर्खाज फाइनान्सको ७ करोड ६० लाख, शिवम् सिमेन्ट्सको ७ करोड ४० लाख, युनाइटेड इदि मार्दिको ५ करोड ९३ लाख र हिमालयन डिस्टिलरीको ५ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*