मंगलबार नयाँ सारथी लघुवित्तसहित यी कम्पनीको शेयरमूल्य घट्यो
२८ असार २०७९, मंगलवार १५:२९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा सामान्य सुुधार आएको छ । नेप्से परिसूचक आज ११.६८ अंकले बढेर १९२७ को इन्डेक्समा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
शेयरबजारमा सामान्य सुधार देखिएपनि केही कम्पनीहरुको शेयरमूल्य भने घट्न पुगेको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा नयाँ सारथी लघुवित्त रहेको छ । कम्पनीको शेयरमूल्य आज ४.६५ प्रतिशतले घटेको हो ।
त्यस्तै, आरबिबि म्युचुअल फण्ड–१ को ३.५७ प्रतिशत, नबिल इक्विटी फण्डको ३.३९ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ३.२० प्रतिशत र मानुषी लघुवित्तको २.९५ प्रतिशत अंकले घट्न पुगेको छ ।














