७ प्रतिशत लाभांश वितरण गर्ने एभरेष्ट बैंकको घोषणा, अग्राधिकार शेयरको बुकक्लोज मिति तय

२८ असार २०७९, मंगलवार १५:४५

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने जनाएको हो ।

बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिका शेयर जारी गर्दा प्रकाशित विवरणपत्रको दफा ५.५ (छ)मा उल्लेख भए बमोजिम उक्त शेयरबाट हरेक वर्ष ७ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने भएकाले सो प्रयोजनका लागि उक्त अग्राधिकार शेयरको अन्तिम कारोबार असार ३१ गते रहने बैंकले जनाएको छ ।

Book close

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*