सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्म छुट
२८ असार २०७९, मंगलवार १८:००

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारले १० प्रतिशत सम्मको छुट दिने भएको छ । सिद्धार्थ बैंक र केबलकार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका हुुन् । उक्त सम्झौताअनुसार बैंकका ग्राहकले अन्नपूर्ण केबल कारमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ र इन्टरनेट बैैंकिङ प्रयोग गरी केबल कारको टिकट खरिदबापत १० प्रतिशत सम्मको छुट प्राप्त गर्नसक्ने भएका छन् ।













