तोडियो हिमालयन र सिभिल बैंकबीचको मर्जर सम्झौता, सिटिजन बैंकसँग प्रकृया अघि बढाईदै

हिमालयन र सिभिल बैंकबीचको मर्जरको च्याप्टर क्लोज भएको छ । मर्जरको अन्तिम चरण पुगीसकेको भन्दै दुई बैंकबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेपनि अन्ततः मर्जर प्रकृया रद्य भएको हो ।
दुई बैंकबीच हस्ताक्षर गर्ने दिनमै स्वाप रोसियो र कर्मचारी समायोजनको कुरा नमिलेपछि स्थगित गर्दै अर्को मिाति तय गर्ने छलफल भएको थियो ।
दुई बैंकबीच चर्को विवाद सुरु भएसँगै छलफल पनि जारी रहेको थियो । छलफलबाट केहि निचोड नआएपछि यी दुई बैकबीचको मर्जर तोडिएको हो । सिभिल बैंकका संचालकले छलफलको प्रकृया लामो भएको हुँदा च्यापटर क्लोज गरिएको जनाएको छ।
आज सिभिल र सिटिजन्सको मर्जर कमिटि बसेर मर्जरमा जाने विषयमा सहमती भएको छ। सिटिजन्स सिभिललाई ९७ दिन तयार भएको स्रोतले जनाएको छ । सिभिल बैंकमा १०० कित्ता सेयरधनीको मर्जरपछि सिटिजन्समा ९७ कित्तामात्रै हुन्छ ।
हिमालयनसँग सिभिल ८१ को स्वाप रेसियोमा मर्जरमा जान सहमत भएको थियो । सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे र सिटिजन्स बैंकका संचालक प्रवलजंग पाण्डे सहोदर दाजुभाई हुन् । यसले पनि यी दुई बैंकको मर्जरको कुराकानी थप सजिलो भएको देखिन्छ । हुन लागेको मर्जर प्रकृया भाडेर उचित विकल्प रोज्नु यो पनि एउटा मुख्य कारण देखिन्छ ।













