एमाले अर्थ विभागको सदस्य नरहेको गभर्नर अधिकारीको प्रष्टिकरण, अब के हुन्छ ?

२८ असार २०७९, मंगलवार २२:३५

काठमाडौं । नेकपा एमालेको आर्थिक विभागका पदाधिकारीहरुको सूचिमा नेपाल राष्ट्र बैंकका गभर्नर जस्तै नाम मिल्ने ‘एम अधिकारी’ भन्ने नाम समावेश भएपछि गभर्नर अधिकारीको राजिनामा माग्ने क्रम व्यापक रुपमा बढेको छ ।

खोटाङ स्थायी ठेगाना भएको व्यक्ति एम अधिकारीको अर्थ महाप्रसाद अधिकारी नै भएको ठोकुवासहित विभिन्न सामाजिक अभियान्ता देखि राजनीतिक व्यक्तिले समेत सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्न थालेपछि गभर्नर अधिकारीले पनि ट्वीटरमार्फत आफू उक्त व्यक्ति नभएको र एमाले सदस्य समेत नभएको प्रष्टिकरण दिएका छन् ।

तर गभर्नर अधिकारीले ट्वीटरमार्फत आफू एमालेको कुनै सांगठानिक सदस्य नरहेको प्रष्टिकरण दिएका छन् । उनले सामाजिक सञ्जालमा आज साँझ ७ः२६ बजे ट्वीटरमार्फत एमालेको आर्थिक विभागका पदाधिकारीमा उल्लेख भएको एम अधिकारी आफू नभएकोले सबैको ध्यानाकर्षण गराएका छन् ।
आज साँझ उक्त विषय बाहिर आएसँगै गभर्नर जस्तो व्यक्तिले राजनीतिक पदमा रहन नहुने भन्दै चर्को आलोचना राजिनामा माग्ने सम्मको कार्य भभइरहेको छ ।

गभर्नर अधिकारीले आफैले तत्कालै उक्त व्यक्ति आफू नभएको प्रष्टिकरण दिएसँगै उनले तत्कालै राजिनामा दिने सम्भावना भने टरेको लगभग देखिएको छ । आगामी आवको लागि मौद्रिक नीति बनाइरहेको नेपाल राष्ट्र बैंकका गभर्नरले आज सार्वजनिक भएको एमालेको अर्थ विभागका पदाधिकारीहरुको सूचिले केही तनाव भने पक्कै दिने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*