अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

२९ असार २०७९, बुधबार १०:४५

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज ( अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा यसअघि बुधबार (असार २८ गते) सम्म आवेदन दिन सकिने जनाइएको थियो । तर, आइतबार (असार २६ गते) बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएकोले सो दिनको सट्टामा बुधबार आज (असार २९ गते) पनि यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार मंगलबार साँझ ५ः०२ बजेसम्ममा १२ लाख ११ हजार ६८९ जनाले १ करोड ३८ लाख ७७ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*