सांसदमा उठ्यो राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा प्रश्न
२९ असार २०७९, बुधबार १२:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा संसदमा प्रश्न उठाएका छन् । विश्वकर्मासँगै अन्य सांसदहरुले गभर्नर अधिकारी नेकपा एमालेको आर्थिक सल्लाकार समितिमा बसेको भन्दै संसदमा उनीबारे प्रश्न उठाएका हुन् ।
नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा खोटाङ घर भएका एम अधिकारी मनोनयन भएको समाचार सार्वजनिक भएपछि संसदमा उनीबारे प्रश्न उठेको हो । स्थायी घर खोटाङ भएका गभर्नर अधिकारीले भने आफु सो व्यक्ति नभएको बताएका छन् ।













