सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का
२९ असार २०७९, बुधबार १२:५८

काठमाडौं । नेप्सेमा सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का भएको छ ।दुई कम्पनीबीच १ः१ स्वाप रेसियो कायम हुने गरी मर्जरमा जाने प्रारम्भिक सहमति भएपछि सेयर कारोबार रोक्का भएको हो ।
सानिमा लाइफको अन्तिम सेयर कारोबार मूल्य ३४५.९० रहेको छ भने रिलायन्स लाइफको ३३५ रुपैयाँ छ ।
हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ। यसैगरी रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। बराबर हैसियतमा गाभिँदा एकीकृत चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ हुनेछ।













