दोर्दी खोला जलविद्युत कम्पनीले शेयर नेप्सेमा सूचीकृत
२९ असार २०७९, बुधबार १४:४९

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले सर्बसाधारणलाइ निष्काशन गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार भोली बिहिबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले डिओआरदी ९म्इच्म्क्ष्० कारोबार संकेत प्रदान गरेको छ ।













