अपि पावरको हकप्रद सेयर सूचीकृत

२९ असार २०७९, बुधबार १६:५९

काठमाडौं । अपि पावर कम्पनीको ३९.३६३३ प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । आज बुधबारका दिन मात्रै कम्पनीको सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*