अपर हेवाखोला हाइड्रोपावरमा कति पर्यो आवेदन?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओमा १ अर्ब ७५ करोड ६९ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ बजेसम्ममा १५ लाख ४८ हजार २९७ जनाले १ करोड ७५ लाख ६९ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १२.५९ गुणा बढी आवेदन हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ ।
कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । सो अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो ।
उक्त आइपपिओमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी कियर नेपालले अपर हेवाखोलाको आइपीओलाई औसत जोखिम जनाउने ‘कियरएनपी डबल बी’ रेटिङ दिएको छ ।













