लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्रीमा

३० असार २०७९, बिहीबार १०:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनी रबिन पुडासैनीको नाममा रहेको १ हजार ५०० कित्ता संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरमा इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

उक्त समयमा कुनै पनि निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम शेयर विक्री प्रकिया अगाडी बढाइने कम्पनीले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*