नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको कतिमा भयो पहिलो कारोबार ?

३० असार २०७९, बिहीबार ११:२९

काठमाडौं । नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको पहिलो कारोबार भएको छ। आज कम्पनीको शेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर नेप्सेमा असार २९ गते सूचीकृत भएको थियो। कम्पनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही अनुसार यस दिन कम्पनीको शेयर कारोबार भएको हो।

कम्पनीको शेयरलाई नेप्सेले डिओआरदीआई कारोबार संकेत प्रदान गरेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*