एनआईसी एशिया बैंकसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?
३० असार २०७९, बिहीबार १५:०३

काठमाडौं । नेप्से १४।७१ अंकले बढ्दा २००१।५३ को विन्दुमा कायम भएको छ । हिजो ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकले बढेको हो । आज एनआईसी एशिया बैंकको ३० करोडमाथि शेयर कारोबार भएको छ ।
त्यस्तै, अपर तामाकोशी, एशियन लाइफ, शिवम् सिमेन्ट्स, हिमालयन डिष्टिलरी, स्टान्डर्ड च्याटर्र बैंक, नेपाल एसबिआई बैंक, ग्रामीण विकास बैंक, अरुण काबेली र नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।














