दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, सबै उपसूचक हरीयाली

काठमाडौं । नेप्से १४।७१ अंकले बढ्दा २००१।५३ को विन्दुमा कायम भएको छ । २२० सूचीकृत कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ । आज सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ।
एनआईबिएल प्रगति फण्डको शेयरमा सकारात्मक सर्किट लगोको छ। फण्डको शेयर ९।९८ प्रतिशतले बढेको छ ।
त्यस्तै, प्रभु सेलेम्ट फ०ड, अपर तामाकोशी, नबिल ब्यालेन्स फण्ड, रिभर फल्स, बोर्टलर तराई, गणपती लघुवित्त, स्वाभलम्ब लघुवित्त, मैलुङ खोला र निर्धन लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
एनआईसी एशिया बैंकको ३० करोडमाथि शेयर कारोबार भएको छ ।
त्यस्तै, अपर तामाकोशी, एशियन लाइफ, शिवम् सिमेन्ट्स, हिमालयन डिष्टिलरी, स्टान्डर्ड च्याटर्र बैंक, नेपाल एसबिआई बैंक, ग्रामीण विकास बैंक, अरुण काबेली र नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।













