राप्ती हाइड्रोको आइपीओमा कति पर्यो आवेदन?

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा ७९ करोड ६७ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझ ५.०२ बजेसम्ममा ६ लाख ९२ हजार ४७६ जनाले ७९ लाख ६७ हजार ६८० कित्ताका लागि आवेदन दिएका छन् ।
उक्त कम्पनीले बुधबारबाट २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो ।लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।













