मिथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयर सूचीकृत

३० असार २०७९, बिहीबार १८:५२

काठमाडौं । नेप्सेमा मथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयरसूचीकृत भएको हो ।मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४.३५७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरको थियो ।

यस्तै आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२.६१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९.६२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

दुबै लघुवित्तको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*