मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव आज पारित हुँदै

३१ असार २०७९, शुक्रबार १०:३९

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा आज बस्दैछन् । दुवै लघुवित्तको विशेष प्रस्ताव एकआपसमा मर्जरमा जाने अर्थात् मिर्मिरे लुघवित्तले बुृद्धज्योति लघ्ुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव रहेको छ ।

मिर्मिरेले असार ३१ गते शुक्रबार होटल सारथी, धुलिखेल नगरपालिका–८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे साधारण सभा बस्नेगरी आह्वान गरेको छ भने बुद्धज्योति लघुवित्तले असार ३१ गते नै संस्थाको केन्द्रीय कार्यालय, लुम्बिनी सांस्कृतिक नगरपालिका–९, पर्सा, रुपन्देहीमा साधारण सभा आह्वान गरेको छ ।

उक्त सभाले मिर्मिरेलाई बुद्धज्योती लघुवित्तलाई प्राप्त गर्ने, डिडिएका आधारमा बुद्धज्योतीको समायोजित शेयर मूल्यको सम्बन्धमा, प्राप्तिपश्चात संस्थाको पूँजी संरचनामा हुने परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न थप शेयर एफपिओ निष्काशन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ मिर्मिरे लघुवित्तले असार २४ गते बुकक्लोज गरिसकेको छ । यस अनुसार असार २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु सो सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*