लुम्बिनी विकास बैंकको निवर्तमान सिइओले नै निरन्तरता पाए, श्रेष्ठ नहुने
३१ असार २०७९, शुक्रबार १०:५७

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नरेश सिंह बोहरालाई पुनः नियुक्त गरिएको छ ।
कम्पनीको असार ३० गते बसेको संचालक समितिको बैठकले असार २८ गतेको बैठकबाट सिइओमा बिजयबहादुर श्रेष्ठलाई नियुक्त गरिएको निर्णयलाई खारेज गरि उक्त पदमा वर्तमान सिइओ बोहराको कार्यकाल थप गरेको हो ।
संचालक समितिको बैठकले साउन २ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालका लागि बोहराको कार्यकाल थप गरेको हो ।
यसअघि बैंकको असार २८ गते बसेको संचालक समितिको बैठकले सिइअोमा बिजय बहादुर श्रेष्ठलाई नियुक्त गरेको थियो ।













