स्वावलम्बन लघुवित्तद्धारा शेयर रजिष्ट्रार परिवर्तन

३१ असार २०७९, शुक्रबार १२:४१

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार परिवर्तन गरेको छ ।

कम्पनीको यसअघि शेयर रजिष्ट्रारमा रहेको नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको शेयर रजिष्ट्रार सेवा सम्बन्धि सम्भौता असार मसान्तदेखि समाप्त हुने भएकोले उक्त स्थानमा संस्थाले हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

स्वावलम्बन लघुवित्तले यहि साउन १ गतेदेखि लागू हुनेगरी दुई वर्षका लागि हिमालयन क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । अबको दुई वर्षका लागि शेयरसम्बन्धि सम्पूर्ण कार्य हिमालयन क्यापिटलमार्फत हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*